अनलाइन गेम खेलिरहेको साथी एकाएक बेहोस भएपछि …


२७ पुष २०७६, आईतवार
online

अमेरिका, २७ पुस । अनलाइन भिडियो गेम खेलिरहेको साथी बेहोस भएपछि अमेरिकाको टेक्सास राज्यका डिया लाथोराले ८ हजार किलोमिटर टाढाबाट प्रहरीलाई यस घटनाबारे खबर गरे ।

लाथोरालाई आफ्ना साथीको ठेगाना थाहा थियो । अनलाईन गेम कुराकानी गर्दै खेलिरहँदा एइडन ज्याक्सन बेहोस भएका थिए । खबर पाएपछि प्रहरी तुरुन्तै एइडनको घरमा पुग्न सफल भयो । आफ्ना छोरा बेहोस भएको विषयमा एइडनका बुबा आमालाई थाहै थिएन ।

प्रहरी एम्बुलेन्ससहित एइडनको घरमा पुगेपछि इइडनको ज्यान जोगियो । डिया लाथोराले ८ हजार किलोमिटर टाढाबाट आफ्ना साथी एइडन बेहोस भएको खबर प्रहरीलाई सुनाएका थिए ।

एइडनका आमा क्यारोलिया र बुबा स्टिभ ज्याक्सनका अनुसार छोरालाई सिजर डिसअर्डर रोग लागेको छ । यस रोग मस्तिष्कसँस सम्बन्धित रोग हो । आकस्मिक बेहोस बनाउने यस रोगको समयमै उपचार भएन भने विरामीको मृत्यु समेत हुनसक्छ ।

क्यारोलिना र स्टिभले त्यति टाढाबाट प्रहरीलाई खबर गरेकोमा छोरा एइडनका साथी डिया लाथोरालाई धन्यवाद दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७