गायक निशान भट्टराईको कार दुर्घटनामा निधन


२९ पुष २०७६, मंगलवार
nisahan

काठमाडौं, २९ पुस । चर्चित गायक निशान भट्टराईको कार दुर्घटनामा परी ज्यान गएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा भट्टराई गम्भीर घाइते भएका थिए ।

लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।
संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिएका छन् ।

४० को दशकको अन्त्यतिर सांगीतिक उदाएका भट्टराई निकै चर्चित गायक हुन् । गजल गायकीबाट उनले श्रोताको मन जित्दै आएका थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७