अष्ट्रेलियाले जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्दैछ,अझै नियान्त्रणमा आएन आगो

सिड्नी, पुस २८ । अष्ट्रेलियामा आगलागीबाट जोगिएका जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्न थालिएको छ।
न्यू साउथ वेल्सको प्रान्तीय सरकारले केही महिनादेखिको भीषण आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र गाँजर हेलिकप्टरबाट खसालेको हो। झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको उर्जा र वातावरण मन्त्री म्याट किन जानकारी दिएका छन्। ‘रक वालावीजस्ता खतरामा रहेका प्रजातिका जोगाउनका लागि हामीले यो रणनीति अपनाएका हौं,’ उनले सिएनएनसँग भनेका छन्।
सरकारको प्रारम्भिक अनुगमनमा कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारिएको देखिएको छ।‘आगलागीले उनीहरूको बासस्थान र चरन क्षेत्र खरानी बनाइदिएकाले बाँचेकाहरूले रक वालावीले खाना पाएका छैनन्। प्राकृतिक रूपमा उनीहरूको खाना तयार नभएसम्म हेलिकप्टरबाट खाना बाँड्ने काम जारी रहन्छ,’ उनले भने। अष्ट्रेलियामा जारी आगलागीमा परी ५० करोड पशुपंक्षी मारिएको प्रारम्भिक विवरणहरू आएका छन्।
अष्ट्रेलियामा किन दन्किरहेको छ आगो ?
नेपालमा पुसको चिसोले हातगोडा कठ्यांग्रिरहेका बेला दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलियाको जंगलमा आगलागीका समाचार आइरहेका थिए। धेरैलाई लाग्यो( विपरित ध्रुवमा पर्ने भएकाले यहाँ जाडो हुँदा उता गर्मी हुन्छ हाम्रोमा चैत-वैशाखतिर जंगलमा आगो लागेजस्तै अष्ट्रेलियामा अचेल आगो लाग्यो होला।
महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो निभ्ने सुरसार छैन। गत साता भने अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिर आए। ती तस्बिर मान्छेका नभई आगलागीबाट मरेका र बाँच्न सफल भएका वन्यजन्तुका थिएस् ठूलो आगोको मुस्लोबाट भाग्न नसकेका र बाँचेकोमा एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर । जैविक विविधता विज्ञहरूका अनुसार आगलागीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मारिएका छन्।
आगलागीको कारण
अहिलेसम्मकै बढी तापक्रम, लामो खडेरी र शक्तिशाली हुरीबतासको संयोजनले यसपालि अष्ट्रेलियामा आगोको विध्वंश बढेको हो। मध्य डिसेम्बरतिर तातो हावाको लहर लगभग अष्ट्रेलियाभरि चलेको थियो। यसपालि अष्ट्रेलिया तापक्रम ४१.९ डिग्री सेल्सियस मापन भयो। अष्ट्रेलियाको इतिहासमै यति धेरै तापक्रम कहिल्यै पुगेको थिएन। कुनैकुनै भागमा अहिले पनि तातो हावाको लहर चलिरहेको छ।
अत्याधिक तापक्रमको गर्मी सिजन आउनुअघि अष्ट्रेलियाको इतिहासमै वसन्त ऋतु सबैभन्दा सुख्खा भएको थियो। न्यू साउथ वेल्स र क्विन्सल्याण्ड राज्यका धेरै भागमा सन् २०१७ को सुरूदेखि नै निकै कम पानी परेको थियो। त्यो खडेरीले देशको कृषि क्षेत्रलाई प्रभावित बनाएको थियो। तीमध्ये केही क्षेत्रमा अहिले आगो दन्किरहेको छ।
आगो कति व्यापक ?
सेप्टेम्बर लागेसँगै यसपालिको आगलागीबारे अष्ट्रेलियामा अशुभ संकेतहरू देखिइसकेका थिए। सेप्टेम्बर ९ मा क्विन्सल्याण्डका पहाडको प्रवेशद्वारमा रहेको बिना बुरा लज बुस फायरमा परी खरानी भएको थियो। उष्ण वनले घेरिएको लज जलेको र आगोको ज्वाला देखेर वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अस्वभाविक भएको बताएका थिए।
अहिले अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो फैलिएको छ। सबैभन्दा बढी पूर्वी तटीय क्षेत्रमा धेरै प्रभाव परेको छ। नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन खटिएका थिए। नोभेम्बर ११ मा उक्त राज्यले एक दशक यताकै सबैभन्दा डरलाग्दो आगलागी भएको भन्दै सूचना निकालेको थियो।
सिड्नीको आकाशमा कयौं दिनसम्म धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो भएपछि सबै प्रकारका आगोमाथि प्रतिबन्ध लगाइयो।
कति क्षति ?
न्यु साउथ वेल्समा १० करोड एकड जमिन आगोले जलेको छ। जसबाट झन्डै १ हजार घर क्षति भएका छन्। उक्त राज्यमा अहिले पनि ९० ठाउँमा आगलागी भइरहेको छ।
अहिलेसम्म १० करोड २० लाख एकड जमिनमा आगो पुगेको छ। गत वर्ष अमेरिकाको क्यालिफोर्नियामा लागेको आगो १९ लाख एकड जमिनमा फैलिएको थियो। झन्डै १०० जनाको ज्यान गएको उक्त आगलागी क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा ठूलो हो। अष्ट्रेलियामा यसपालि १५ जनाले आगलागीमा ज्यान गुमाएका छन्। अधिकारीहरूले यो संख्या अझै बढ्न सक्ने बताएका छन्।
आगो निभाउन को खटिए ?
आगो यति ठूलो छ कि यसलाई नियन्त्रण गर्नु सरकारको बुताभन्दा बाहिर छ। अहिले दशौं हजार अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन्। जसमध्ये धेरै स्वंयसेवक छन्। उनीहरू हप्तौंदेखि आगो निभाउन लागेका छन् कुनैबेला त दैनिक १२ घन्टासम्म काम गरेका छन्।
संघीय सरकारले केही दिनअघि स्वंयसेवकले मागे एक जनालाई ४ हजार डलरका दरले तलब दिने घोषणा गरेको छ। आगो बढ्दै गएपछि अष्ट्रेलियाले सेना परिचालन गरेको छ भने आफ्ना मित्र राष्ट्रहरूसँग सहायता मागेको छ। अष्ट्रेलियन प्रतिरक्षा फौजले भिक्टोरिया र न्यु साउथ वेल्समा ब्लाक हक र चिनुक हेलिकप्टर, विमान र सैन्य पानीजहाज पठाएको छ। अमेरिका र क्यानडासँग पानी ट्यांकर भएका जहाज पठाइदिन अनुरोध गरेको छ। क्यानडाले ३० अग्निनियन्त्रक पठाउने बचन दिएको छ।
अहिलेसम्म कति क्षति भयो ?
न्यु साउथ वेल्समा १० करोड एकड जमिन आगोले जलेको छ। जसबाट झन्डै १ हजार घर क्षति भएका छन्। उक्त राज्यमा अहिले पनि ९० ठाउँमा आगलागी भइरहेको छ।
अहिलेसम्म १० करोड २० लाख एकड जमिनमा आगो पुगेको छ। गत वर्ष अमेरिकाको क्यालिफोर्नियामा लागेको आगो १९ लाख एकड जमिनमा फैलिएको थियो। झन्डै १०० जनाको ज्यान गएको उक्त आगलागी क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा ठूलो हो।अष्ट्रेलियामा यसपालि १५ जनाले आगलागीमा ज्यान गुमाएका छन्। अधिकारीहरूले यो संख्या अझै बढ्न सक्ने बताएका छन्।
अष्ट्रेलियामा पानी पर्यो,वर्षाले केही राहत
अष्ट्रेलियाको डढेलोले निम्त्याएको ह्दय रुवाउने दृष्य (फोटो फिचर)