नयाँ बसपार्कको होटलहरुमा प्रहरीको छापा, यौन क्रियाकलाप गर्ने ७३ जना पक्राउ


१ माघ २०७६, बुधबार
sex worker

काठमाडौं, १ माघ । प्रहरीले काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जनालाई त्रफाउ गरेको छ । पक्राउ पर्नेमा ४३ पुरुष, २५ युवती र पाँच तेस्रोलिङ्गी समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको हो ।

नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाइएको ‘स्विप अप्रेशन’ का क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिएका छन् ।

‘बसपार्क क्षेत्रका होटलमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारेका हौँ,’ लम्सालले भने । पक्राउ परेकाहरु लागूऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न भएका प्रहरीले जनाएको छ । उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७