गायक राजेशपायलको सुझाव : आस्था र प्रहरी कर्मचारी दुवै सुध्रिनू


४ माघ २०७६, शनिबार
astha

काठमाडाैं,४ माघ । गायक राजेश पायल राईले गायिका आस्था राउत र त्रिभुवन बिमानस्थलमा प्रहरी कर्मचारी सुध्रिन सुझाव दिएका छन् ।

गायिका आस्था राउत बुधबार यता चर्चामा छिन् । बुधवार दिउँसो कार्यक्रममा झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुव्र्यवहार गरेको भन्दै भिडियोमार्फत आक्रोश पोखे यता उनी चर्चामा छिन् ।

बिमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि पुनः गायिका आस्था फेसबुक लाइभमा आएकी थिइन् । राजेश पायल राईले भारतीय सुपरस्टार शाहरुख खानलाई कट्टुमै चेक गरेको प्रशंग निकाल्दै उनले माया लिनेले घृणा पनि सहनु सक्नु पर्ने बताएका छन् । धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौ राजेशले लेखेका छन् । साथै उनले आस्था र प्रहरी कर्मचारी दुवै सुध्रिन आवश्यक रहेको उल्लेख गरेका छन् ।

rajesh

गल्ती कसको ?
शुक्रबार बाहिर आएको भिडियो फुटेज हेर्दा बुधवार दिउँसो एक बजेर ३१ मिनेट जाँदा हातमा कफी बोकेर चेकिङ मेसिनमा आस्था पुगेकी छिन् । आस्थाको हातमा कफी देखिन्छ । साथमा झोला । महिला प्रहरीले ज्याकेट खोल्न भन्छिन् । कफी महिला प्रहरीले राखिदिएको दृश्य देखिन्छ । त्यसपछि आस्थाले ज्याकेट खोलेर बाहिर राखिन्छन् । यही बेला प्रहरीले ‘ज्याकेट खोल्’ भनेर ‘तँ’ शब्द प्रयोग गरेर गाली गरेको दाबी गरेकी छिन् । यसपछि चेकिङ हुन्छ ।

आस्थाले ज्याकेट लिएको दृश्य देखिन्छ । महिला प्रहरीले कफी आस्थालाई दिन्छिन् । कफी लिन आस्थाले मानेको देखिन्दैन । कफी लिन नमानेपछि प्रहरीले तानेको देखिन्छ । आस्थाले लिन नखोजेको दृश्य देखिन्छ । पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ । यसपछि आस्था औंला ठड्याउँदै ज्याकेट लगाएर बाहिर गएकी छिन् ।

भिडियोमा बोलेका केही सुनिएको छैन । आस्थाको दाबी जस्तो ज्याकेट खोल्न लगाएको बेला प्रहरीले ‘तँ’ शब्द प्रयोग गरेर गाली गरेको भए त्यहाँ प्रहरीको कमजोरी हो । आस्थाले कफी नलिनु उनको कमजोरी हो । तर, कफी लिन अस्वीकार गरेपछि तानेर कफी लैजान दबाब दिइरहनु पर्ने थिएन । फेरि झोलामा कफी हालिदिन खोजेको पनि देखिन्छ । यसमा चहि प्रहरी महिला चुकेकी छिन् ।


आस्थाबिरुद्ध किन ‘लबिङ्ग’ ?
आस्थाले लाइभ भिडियोमा नै आएर आक्रोशमा प्रयोग भएको शब्दप्रति क्षमा मागी सकेकी छिन् । र, अघिल्लो लाइभ हटाएकी छिन् । तर, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख पोखरेलले भने कुनै व्यक्तिविरुद्ध नभएर संस्थाकै बदनाम गरिएको भन्दै उल्टै आस्थालाई कारबाहीको संकेत गरेका छन् ।

आफू मातहतकाले गरेका कमजोरीलाई सच्चाउने भन्दा पनि प्रहरीको नेतृत्व आस्थालाई गल्ती देखाउने प्रयासमा लागेको देखिन्छ । उनले पटक पटक लेखेकी छिन्,‘मेरो आवज संगठन बिरुद्ध होइन दुव्र्यवहार गर्ने बिरुद्ध हो ।’ यही बिचमा घटनामा संग्लन प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

प्रहरीका उच्च अधिकारीले घटनाको छानविन भइरहेको बताइरहेको बेला श्रेष्ठले उजुरी दिनु अभद्र व्यवहार गरेको आरोपमा आस्था माथि कारबाही गर्ने निर्णयमा प्रहरी पुगेको देखिन्छ । यदि त्यसो हो भने यो प्रहरीको ‘दादागिरी’ बाहेक अरु केही होइन । आस्थाले कफी लिन अस्वीकार गरेपछि ती महिला प्रहरीले आस्थाको ज्याकेट तानेको र झोलामा कफी हालिदिन खोजेको पनि देखिन्छ । यसमा चहि प्रहरी महिला चुकेकी छिन् । त्यस कारण उनलाई सच्चाउनका लागि प्रहरीले सम्झाउनुको साटो उल्टै आस्था बिरुद्ध उजुरी दिन लगाएर प्रहरीले आफू ठिक भएको सन्देश दिन खोजेको देखिन्छ । जुन गलत हो ।

आस्थाले अघिल्लो लाइभमा जे भाषा प्रयोग गरिन्, त्यो भने गलत छ । तर, उनले त्यसप्रति पटक पटक क्षामा मागेकी छिन् । भिडियो हटाएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७