सभामुखको निर्वाचन माघ १२ गते (कार्यतालिका सहित)


६ माघ २०७६, सोमबार
sabhamukh

काठमाडौं, ६ माघ : संघीय संसद् सचिवालयले माघ १२ गते सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । दर्ता सकिएको आधा घण्टापछि अर्थात् सोही दिन साढे २ बजे दर्ता भएका उमेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिनेछ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ । त्यसमा समर्थक सदस्यले समर्थन गर्नुपर्ने छ ।

उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीका प्रसतावकहरुलाई क्रमश निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसो गर्दा पहिलो प्रस्तावकले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत हुनेछैन । साथै एकजनाको मात्रै प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा घोषणा गरेसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सभामुख पदमा उम्मेदवारी दिने बाटो खुलेको छ ।

नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेद्वार बनाउने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेद्वारी दिने तयारी गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसले पुष्पा भुसाललाई सभामुखको उम्मेद्वारका रुपमा अगाडि सार्ने तयारी थालेको छ ।

Election Date of spoke preson

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७