संसदीय मर्यादालाई ख्याल गर्दै मार्गप्रशस्त गर्न राजीनामा दिएकी हुँ : तुम्वाहाङ्फे


६ माघ २०७६, सोमबार
shivamaya 2

काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेद्वारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेद्वारको टुङ्गो लाग्ने बित्तिकै आफूले राजीनामा गरेको बताए ।

उनले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिइन् । ‘संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ’, तुम्वाहाङ्फेले भने ।

shivamaya 1 1

उपसभामुखबाट राजीनामा गरेसँगै ट्रयाक परिवर्तन भएको उनको भनाइ थियो । उनले आफ्नो दुई वर्षे कार्यकालमा संविधान र कानून बमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरे ।

असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारिन् । ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ’, उनले भनिन् ।

संसद् सचिवालयको कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७