उपसभामुख माग्दै रामचन्द्र पौडेल प्रचण्ड निवास खुमलटारमा


७ माघ २०७६, मंगलवार
Prachanda and ramchandra

काठमाडौं, ७ माघ । प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर छलफल गरेका छन् ।

मंगलबार विहान प्रचण्ड र पौडेलबीच खुमलटार निवासमा करीब ४० मिनेट सभामुख र उपसभामुखका विषयमा छलफल भएको हो । पौडेलले उपसभामुख कांग्रेसलाई दिन अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । प्रचण्डले आफू सकारात्मक रहेको र पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएका थिए ।

कांग्रेसले प्रचण्डसँग छलफल गर्न पौडेल पठाएपछि उनी खुमलटार पुगेको जनाइएको छ । । कांग्रेसले मंगलबार सभामुख पदमा उम्मेद्वारी नदिने निर्णय गरेको छ । सभामुख पदमा नेकपाका उम्मेद्वार अग्निप्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७