धादिङ ट्रक दुर्घटना, ६ जनाको मृत्यु


७ माघ २०७६, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

धादिङ, ७ माघ । धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबेंसीतर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको आइचर यात्रु बोकेर तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइतेलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर घाइते ७ जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लैजान लागिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७