दबाबमा टेलिकम, पुस मसान्तसम्म ६ अर्ब मात्रै योगदान

शेयर धनीले पाउने प्रतिफलमा पनि कमी


८ माघ २०७६, बुधबार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौं, ८ माघ । सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोड मात्र नाफा कमायो ।

निगमले अघिल्लो आवमा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७.४८ अर्ब खुद नाफा गरेको थियो । यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नाफा ४४.१९ प्रतिशतले घट्यो ।

सार्वजनिक संस्थानमध्ये विगत एक वर्षदेखि सधैंजसो शीर्ष स्थानमा रहेको टेलिकमको नाफा गत आवमा घट्दा सेयरधनीले पाउने प्रतिफलमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षसम्म प्रतिसेयर ५५ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले अघिल्लो वर्षको नाफाबाट जम्मा ५४ रुपैयाँ मात्र नाफा गर्न सक्यो ।

पुस मसान्तसम्म राजश्व लक्ष्य पुर्‍याउन सरकारलाई कठिन भइरहेका बेला यो लाभांशबाट टेलिकमले जम्मा ६ अर्बको मात्र योगदान गर्न सकेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभामा पनि कम्पनीको नाफा कसरी बढाउने भन्नेबारे गम्भीर विमर्श भएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७