सुदूरपश्चिमबाट नेकपाको तारामान स्वाँर र शारदा भट्ट निर्वाचित


९ माघ २०७६, बिहीबार
taramanswarतारामान स्वाँर र शारदा भट्ट

डोटी, ९ माघ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवार तारामान स्वाँर र शारदा भट्ट विजयी भएका छन् ।

बिहीबार डोटी सिलगढीमा सम्पन्न मतदानमा नेकपा उम्मेदवार तारामान स्वाँर र शारदा भट्ट विजयी भएका हुन् ।

स्वाँरले ३ हजार ७ सय २० अंकभार ल्याई विजयी भए । स्वाँरसँग प्रतिस्पर्धामा उत्रेका नेपाली कांग्रेस प्रताप ठगुन्नाले एक हजार ८ सय ४२ मत ल्याए ।

त्यसैगरी,महिला समूहबाट नेकपाकी शारदा भट्ट ३ हजार ७३८ मत ल्याइन् । उनकी निकटत्तम प्रतिष्पर्धी नेपाली कांग्रेसकी तुलसी देवकोटाले १ हजार ८५४ मत ल्याइन् ।

अन्य र महिला समूहतर्फका केही मत बदर समेत भएका छन् । अन्यतर्फ स्थानीय तहको ३ र महिला समूहतर्फ प्रदेशको १ र स्थानीयको २ गरी मतपत्र बदर भए

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश सांसद ५३ र स्थानिय तहका प्रमुख उपप्रमुख गरी १ सय ७६ गरी जम्मा २ सय २९ मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७