टर्कीमा शक्तिशाली भूकम्प : १४ जनाको मृत्यु, पाँच सय बढी घाइते


११ माघ २०७६, शनिबार
turky

काठमाडौं, ११ माघ । पूर्वी टर्कीमा आएको भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् ।

६ दशमलव ८ म्याग्नीच्युट मापन गरिएको भूकम्पका कारण भग्नावशेषहरुमा अझै केही व्यक्ति च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । एलाजिग प्रान्तको सिभ्रिस शहरमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको बताइएको छ । टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरणले राहत सामग्रीसहित उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ ।

भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेकाले भत्किएका घरका भग्नावशेषमा नजान पीडितहरुलाई उद्धारकर्मीले आग्रह गरेका छन् । उत्तर पश्चिम टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१० मा आएको ६ म्याग्नीच्युटको भूकम्पमा पनि ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७