संसद सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सहमतिमा गर्न ओली-प्रचण्ड र देउवा सहमत


११ माघ २०७६, शनिबार
Deuba Oli Prachanda

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताए ।

‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ । त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने–‘संसद सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

प्रधानमन्त्री ओलीले यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल कांग्रेससँग छलफल गरेर मात्र गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७