शीर्ष स्थानको आर्मी बराबरीमै रोकियो


११ माघ २०७६, शनिबार
army 2

काठमाडौं, ११ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मी १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न सकेन । उसका लागि एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेका थिए ।

आर्मीका पदक पटकको प्रहार उनले उत्कृष्ट बचाऊ गरे । खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो । बराबरीसंग आर्मीले ८ खेलमा १७ अंक जाड्दै शिर्ष स्थानमा उक्लिएको छ ।

आर्मी दोस्रो स्थानको मछिन्द्र भन्दा १ अंकले अघि रहेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटी पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै शनिबार भएको अर्को खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा संकटाले गोल गरेको थियो ।

खेलको ६४ औं मिनेटमा सुवास गुरुङको कर्नरमा अनमार्क रहेका मार्टिन्सले हेड गोल गरेका थिए ।
जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७