हाम्राविरुद्ध एकोहोरो प्रचार युद्ध नै छेंडियो : प्रधानमन्त्री


१५ माघ २०७६, बुधबार
nekapa 1

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुविरुद्ध एकोहोरो रुपमा प्रचार युद्ध छेडिएको बताएका छन् ।

नेकपाको जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यो प्रचार युद्धलाई आक्रमण र तीव्र बनाउने केहि शक्तिहरु लागिरहेको उनले बताए ।

उनले भने, ‘कमरेडहरु ! हाम्राविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा छेडिएको छ । युद्ध त दुईतिरबाट हुन्छ । यहाँ त आक्रमण मात्रै भएको छ । हामी विवादबाट होइन । हाम्रा उपलब्धिबाट र नतिजाबाट जवाफ दिन्छौं ।’

उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइएको बताउँदै भने, ‘हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह हुन सक्छ । हामी वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नु पर्छ ।’ उनले यो सरकार देशको आर्थिक समृद्धिमा लागेको र कसैलाई सडकमा अलपत्र र भोकै बस्ने अवस्था आउन नदिन सक्रिय रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७