एमसीसीका कुनै पनि बुँदामा समस्या छैन, भ्रम नफैलाऊ : प्रधानमन्त्री


१५ माघ २०७६, बुधबार
kp oli

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कुनै पनि बुँदामा समस्या नरहेको स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमसीसी सम्झौताको विषयमा अनावश्यक भ्रम मात्र फैलाउने काम भएको बताएका छन् । सन २००४ मा स्थापना भएको अमेरिका सरकारको सहयोग निकाय भएको प्रधानमन्त्री ओलीले जनाकारी दिए ।

सुशासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रतालगायतकाका निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रको छनौट गरेर गरिबी घटाउन सहयोग गर्ने एमसीसी कार्यक्रम भएको उनको भनाइ थियो । यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु व्यर्थ रहेको बताएका छन् ।

लामो संघर्षबाट अहिलेको व्यवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले भावनामा बगेर क्रान्ति र परिवर्तन नहुने बताए । उनले परिस्थितिलाई बुझेर अघि बढ्न आग्रह गर्दै आकर्षक कुरा मात्र नगरी सरकार गन्तव्यमा पुग्ने गरी हिंडिरहेको बताए ।

उनले वादविवादबाट नभई नतिजाबाटै जवाफ दिन तयार रहको पनि बताएका छन् । ‘लोकतन्त्रप्रति प्रश्न उठाउने गरिएको छ । प्रेस स्वतन्त्रताबारे प्रश्न उठाउने गरिएको छ । यस्तो प्रश्न गर्नु निरर्थक छ,’ उनले भने, ‘तर हामी वैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर, २१ औं शताब्दीका मानिसले प्राप्त गरेका मूल्यमान्यताको दाँजोमा आफूलाई प्रस्तुत गर्न चाहान्छौँ ।’

उन नले आफ्नो नेतृत्वको सरकार संयुक्त राष्ट्रसंघको वडापत्र या अन्तर्राष्ट्रिय जगतले निकालेका राजनीतिक प्रणालीको मापदण्डका आधारमा प्रतिस्पर्धा गर्न चाहेको भन्दै ती मापदण्डमा हामी अगाडि नै रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७