लाइसेन्सको अनलाइन फारम प्रणाली ‘ह्याक’, सेवा ठप्प


१७ माघ २०७६, शुक्रबार
smart licence

काठमाडौं, १७ माघ । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम प्रणाली ‘ह्याक’ भएको छ ।

बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएपछि सेवा ठप्प भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
‘फारम भर्न सकिएन भनेर धेरै गुनासो आइरहेको छ ।

जाँचबुझ गर्दा पोखरा र बुटवलमा एउटै आईपी एड्रेसबाट अस्वभाविक रूपमा धेरै फारम भरिएको भेट्यिो,’ हमालले भने । विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको आशंकामा हालको लागि अनलाइन फारम बन्द गरेको छ । काठमाडौंमा समेत ह्याक भएको हुनसक्ने विभागको आशंका छ ।

‘बिचौलियाहरुले बिहानै ह्याक गरेर पैसा तिर्ने सेवाग्राहीको फारम भर्ने रहेछन् । अरूले भर्ने नमिल्ने रहेछ । त्यसैले हाल हाम्रो आईटी डिपार्टमेन्ट अनलाइन प्रणाली परिमार्जन गर्न प्रयासरत छ,’ हमालले भने ।

यसबारेमा प्रहरीलाई समेत जानकारी दिइसकेको उनले बताएका छन् । विभागले एउटा आइपी एड्रेसबाट सीमित फारम मात्र भर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनले जानकारी दिएका छन् । अनलाइन प्रणाली ह्याक भएपछि सेवाग्राही समस्यामा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७