प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ३० करोड


१९ माघ २०७६, आईतवार
prime commercial

काठमाडौं,१९ माघ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ७ लाख ८७ हजार ३८४ रुपैयाँ नाफा आर्जन गरेको छ ।


बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा २२.६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६ करोड ८ लाख ९६ हजार ७९० रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार ७०४ रुपैयाँ रहेको छ ।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको सहयोग देखिएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७७ करोड २२ लाख ३ हजार २३३ रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो । चालु आवको सोही अवधिमा आईपुग्दा २ अर्ब १६ करोड ४६ लाख १० हजार ३६ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७