प्रदेश मुकाम तोक नसक्ने सरकार कुर्सी छोडे हुन्छ : नेता नेम्वाङ


२३ पुष २०७४, आईतवार
Subash chandra Nembang

काठमाडौं : नेकपा (एमाले)का नेता सुवास नेम्वाङले प्रदेशसभा सदस्यलाई काठमाडौमा सपथ गराउन नहुने बताएका छन् । Subash chandra Nembang
आइतबार सञ्चार केन्द्रका्े गरेको कार्यक्रममा प्रदेशसभा सदस्यलाई काठमाडौंमा नै शपथ खुवाउने निर्णय प्रदेशको भावना विपरित भएको बताएका हुन् ।
उनले जिम्मेवारी पूरा गर्ने ठाउँमा बस्न रहर गर्नेले जिम्मेवारी पनि पुरा गर्नुपर्ने बताउँदै भने ‘संविधान कार्यान्वयनको जिम्मा लिएको सरकारले अहिले प्रदेश मुकाम नतोकेर प्रदेश प्रमुख मात्र तोक्नु अत्यन्तै लजास्पद छ, कि जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कुर्सी छोड्नुपर्यो ।’
नेम्वाङले प्रतिनिधिसभाको मतपरिमाण रोकेर नयाँ सरकार गठन लम्याउन खोजिएको आरोप लगाए ।
‘निर्वाचन सम्पन्न भइसकेपछि जनादेश अनुसारको सरकार बन्न नदिनु लोकतन्त्रको मूल्य मान्यता विपरित छ’ उनले भने, ‘नेपाली काग्रेस यदि लोकतान्त्रिकमा विश्वास राख्छ भने प्रधानमन्त्रीले तत्कालै पदबाट राजीनामा दिएर नयाँ सरकारको बन्ने मार्ग प्रशस्त गर्नुपर्छ । मुलुकलाई समृद्धितर्फ लग्नको लागि छिटो भन्दा छिटो नयाँ सरकार आवश्यक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७