विजयका लागि नेपाल संघर्षरत, यस्तो रह्यो ओमानविरुद्ध नेपालको ब्याटिङ (फोटो फिचर)


२२ माघ २०७६, बुधबार
cricket game

काठमाडौं, २२ माघ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा विजय लक्ष्यका साथ नेपालको संघर्ष जारी छ ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार नेपालले ओमानविरुद्ध खेलेको छ । १९८ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दा शुरुवातमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई ३ र पूर्व कप्तान पारस खड्कालाई एक रनमै गुमाएको थियो । टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ३४ ओभरसम्मको खेल सकिँदा ६ विकेट गुमाएर १२१ रन बनाएको छ ।
हेर्नुस् ओमानविरुद्ध नेपालको ब्याटिङ तस्वीर

cricket 1
cricket 1 1
cricket 2
cricket 3
cricket 4
cricket 5
cricket 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७