महाभियोगमा सिनेटद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई सफाइ


२३ माघ २०७६, बिहीबार

काठमाडौं,२३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको सुनवाइमा अमेरिकी सिनेटले उनलाई सफाइ दिएको छ । योसँगै उनलाई ह्वाइट हाउसबाट निकाल्ने अभियानमा पूर्णविराम लागेको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले बुधबार उनीमाथि लागेको सत्ता दुरुपयोगको आरोप ५२–४८ भोटले खारेज गरेको थियो भने ५३–४७ भोटले कँग्रेस अवरुद्ध गरेको आरोप पनि खारेज गरेको थियो ।

डेमोक्रेटिक सांसदले आगामी राष्ट्रपति चुनावमा आफ्नो सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न युक्रेनमाथि दबाब दिएको ट्रम्पमाथि आरोप लगाएका थिए । यही वर्षको नोभेम्बरमा अमेरिकीमा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । महाभियोगको सामना गरेपछि पनि चुनाव लड्न लागेका ट्रम्प राष्ट्रपतिका पहिलो उम्मेदवार हुन् ।impeach 2 lFwtUqY9rB


बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय लिएको छ । उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप थियो ।

यदी ट्रम्पमाथि लगाइएको कुनै पनि आरोप सिद्ध भएको भए उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई सुम्पेर राजीनामा दिनुपर्ने थियो । डेमोक्रेटिक पार्टीको नेतृत्व भएको हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी काँग्रेसको प्रतिनिधिसभा) ले गत १८ डिसेम्बरमा महाभियोगको मन्जुरी दिएको थियो ।

कसरी भयो मतदान ?

यूटाका सिनेटर मिट रोमनी रिपब्लिकन पार्टीका एकमात्र सिनेटर रहे जसले पक्ष बदलेर पदको दुरुपायोगको आरोपमा ट्रम्पविरुद्ध मतदान गरे । सन् २०१२ मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार रहेका रोमनीले त्योभन्दा पहिलो सिनेटमा राष्ट्रपति ट्रम्पले जनताको विश्वासको दुरुपयोग गरेकोमा दोषी रहेको बताएका थिए ।

रिपब्लिकन पार्टीका दुई उदारवादी नेता मानिएका सिनेटर सुजेन कोलिन्स र अलास्काका मुरकोव्स्कीले ट्रम्पको विपक्षमा मतदान गर्ने डेमोक्रेटिक सिनेटरहरुले आशा गरेका थिए । तर, त्यस्तो भएन ।

impeach GiE8eDhdjE

केही रिपब्लिकन सिनेटरहरुले हालै मात्र राष्ट्रपति ट्रम्पको व्यवहारको विरोध गरेका थिए । तर, उनीहरुले पदलाई हटाउनुपर्ने गल्ती ट्रम्पले नगरेको बताए ।

ट्रम्पलाई पदबाट हटाउनका लागि सिनेटमा दुई तिहाई मत विपक्षमा हुन आवश्यक हुन्छ । जुन सुरुवातबाटै असम्भव देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७