ऐतिहासिक क्षणका रोमाञ्चक तस्बिरहरु


प्रकाशित मिति : October 3, 2017

नेपालको राजनीतिमा मंगलबार ९१७ असोज २०७४० ऐतिहासिक दिन बनेको छ । तीन पार्टी नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल हुदै पार्टी एकीकरण घोषणा गरेको यो दिनबाट नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको छ । नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्तिका नेताहरुले नेपाली राजनीतिमा सरप्राइज जस्तै दिएका छन् । मंगलबार काठमाडौंको भकुटीमण्डव स्थित सभागृहमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकीकरण गर्ने लगायत ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । सहमति पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दे एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष समेत गरे । यो ऐतिहासिक क्षणका केही तस्बिरहरु :-

:

प्रतिक्रिया दिनुहोस्