पूर्व सचिव पत्नी मुनाको आफ्नै कामदारबाटै हत्या, सीसीटीभी फुटेजमा देखियो यस्तो दृष्य


२७ माघ २०७६, सोमबार
muna karki morder

काठमाडौं, २७ माघ । ललितपुरको सानेपामा पूर्व सचिव अर्जुन कार्कीको पत्नी मुनाको हत्याको पर्दा खुलेको छ ।

पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको खुलेको प्रहरीले जनाएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जानकारी दिएको छ ।

सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेट जाँदाको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडि फर्किएका बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको दृष्य सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपाल समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शवमा कुनै चोट पटक छैन ।

चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिं अझै खुल्न सकेको छैन । पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।

घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्‍याउन अर्की कामदार किशोरी पनि घर बाहिर रहेकी थिइन् । पशुपतिबाट फर्केका पति अर्जुनले पत्नी मुना रगतमा लतपतिएको अवस्थामा फेला पारेपछि चिच्याउँदै कराएका थिए । त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो ।

यो पनि पढ्नुहोस्
पूर्व सचिव पत्नी मुनाको आयो पोष्टमार्टम रिपोर्ट, यस्तो देखियो रिपोर्टमा 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७