कांग्रेसले आज संसद अवरोध नगर्ने


२८ माघ २०७६, मंगलवार
Congress samsasdiya dal min 800x445 1

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (मंगलबार) को संसद वैठकमा अवरोध नगर्ने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आजदेखि संसद सुचालु गर्न सहयोग गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

‘आजदेखि संसद अवरोध गर्दैनौं, आफ्ना कुरा राखेर सदन सुचालु गर्न दिन्छौं,’ सांसद डिला संग्रौलाले भनिन् ।

कांग्रेसले आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा लगाएको भन्दै तीन दिनसम्म सदन अवरूद्ध गरेको थियो ।

सोमबार बसेको कांग्रेस केन्द्रीय समितिले संसद अवरूद्ध नगर्न निर्देशन दिएपछि संसदीय दलको बैठक राखेर सदन सुचालु गर्ने निर्णयमा कांग्रेस संसदीय दल पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७