भिम तुम्बाहम्फे र पुष्पा लिम्बुलाई लिम्बु भाषाको उत्कृष्ट नायक र नायिकाको अवार्ड


२८ माघ २०७६, मंगलवार
FLF Award 1

काठमाडौं, २८ माघ । लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७६’ नायकको उत्कृष्ट अवार्ड भिम तुम्बाहम्फे र नायिकाको पुष्पा लिम्बु पाएका छन् ।
सोमबार राजधानीमा भएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्डमा लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको अवार्ड कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए ।

अवार्डमा लिम्बू फिल्मबाट अवार्ड पाउनेमा निर्देशक सागर केरुङ, नायक भिम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बु, गायक मनि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीत कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भुपेन्द्र तुम्बाहम्फे पाए ।
त्यस्तै म्यूजिक भिडियोतर्फ निर्देशक लोकेन सावा लिम्बू, गायक सुसन साम्सोहाङ, गायिकाका दिपा सुहाङ, नायक तथा मोडल रुद्र पाहिम लिम्बु, नायिका तथा मोडल लक्ष्मी योङहाले अवार्ड पाए ।


त्यस्तै पब्लिक अवार्डमा गायक निर्मल तुम्बाहम्फे अब्बल रहँदा जुरी अवार्ड नायक नरेन्द्र सेन्दाङ र नायिका बबिता फोम्बोले पाए । नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए ।

फाल्गुनन्द लिङदेन फिल्मस् आयोजक रहेको कार्यक्रममा अवार्डका जुरी येहाङ लावती र विनोद सेरेङलाई सम्मान गरिएको थियो । आयोजकले गायक भगत सुब्बालाई लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरेका थिए । कार्यक्रममा सोम लामा, सरिता राना, नुमा शेर्पा र दिपा सुहाङले सांगीतिक प्रस्तुति दिँदा यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा नेपाली चलचित्रका निर्देशक मदन घिमिरे, गायका धिरज राई र पत्रकार पारसमणि पौडेललाई सम्मान गरिएको थियो ।


अवार्डमा सात वटा लिम्बू फिल्म र २० वटा म्यूजिक भिडियो सहभागी भएको थिए ।
लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोलाई दिइने अवार्ड कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७