जनतालाई पास बिनै सिंहदरबार छिर्न दिऊ : सांसद शान्ता चौधरी


२९ माघ २०७६, बुधबार
santa chaudhari

काठमाडौं, २९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्ता चौधरीले नागरिकलाई पास बिना नै सिंहदरबार छिर्न दिनुपर्ने बताएकी छन् ।

उनले सुरक्षा जाँचपछि जनताले सिंहदरबार छिर्न पाउनु पर्ने बताएकी छन् । पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै उनले राष्ट्रिय परिचय पत्र (नागरिकता) देखाएपछि सुरक्षा चेकजाँच गरेर सिंहदरबार छिर्न दिनुपर्ने बताइन् ।

बुधबार प्रतिनिधिसभा संसदको शून्य समयमा बोल्दै चौधरीले भनिन्, ‘देशको केन्द्र सिंहदरबारभित्र जनताले काम गर्नुपर्ने र भेट गर्नुपर्ने छ । तर भित्रबाट पास दिनुपर्ने अनिवार्य व्यवस्था छ । पास लिने गर्दा धेरै समय जान्छ ।’

उनले दिनको दुई घण्टाका लागि भए पनि जनतालाई सिंहदरबार प्रवेश गर्न दिइनुपर्ने बताइन् । ‘दिनको दुई घण्टा राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गराएर जनतालाई सिंहदरबार प्रवेशको व्यवस्था मिलाउनु पर्छ,’ उनले भनिन्, ‘सिंहदरबार मेरो हो भन्ने अनुभूति पनि गराउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७