समकक्षीले नपत्याएको गच्छदार


२४ पुष २०७४, सोमबार
bijaya gachadar
विजयकुमार गच्छदार

काठमाडौं: ठिक ६ महिना अगाडी विजय कुमार गच्छदार, अभागी नेता, भाग्यमानी भविष्य शीर्षकमा तत्कालीन फोरम लोकतान्त्रिक (पछि कांग्रसमा प्रवेश) का युवा नेता देव लिम्बुले आर्टिकल लेखको थियो । उनको ‘आर्टिकल’को सार अर्थको थियो भावी सरकारको नेतृत्व कर्ता गच्छदार हुने छ । लोकतान्त्रिक फोरमका केही नेता कार्यकताहरुले प्रचार समेत गरेका थिए गच्छदारको नेतृत्वामा सरकार बन्छ ।

bijaya gachhadarbijaya gachhadarbijaya gachadar
तर, संभावाना थिएन । ती पार्टीका नेता कार्यकताका नौटकिं मात्रै थियो भन्दा फरक पर्दैन थियो । अहिले ती पार्टी कांग्रेसमा समाहित भए केही हिस्सा फोरम लोकतान्त्रिकमै रहे । कांग्रेसमा समाहित हुनु गच्छदारलाई बाध्यता थियो । उनलाई चुनाव जित्नु थियो त्यो लोकतान्त्रिक फोरममा बसेर सम्भव देखेनन् गच्छदारले त्यसैले कांग्रेसमा प्रवेश गरेका हुन् । चुनाव जित्ने आधार संगठननै हो त्यो गच्छदारसँग थिएन । त्यो त प्रतिनिधि सभाको निर्वाचनले पनि प्रस्ट देखाऊँ छ ।
कांग्रेसमा लोकतान्त्रिक फोरमको समाहितपछि सुनसरी ३ मा गच्छदारको मत स्थानीय तहका आधारमा २३ हजार बढी थियो । तर, उनले एमालेकी भगवती चौधरीसँग निकै कडा प्रतिस्पर्धाबिच ३२१ मतले मात्र जित्न सके, त्यो पनि विवादित ढङ्गबाट । यसको अर्थ उनलाई कांग्रेसका मतदाताले नै पत्याएनन् । अझ उनको प्रतिद्वन्दी एमालेकी नेत्री भगवती चौधरीको भाषामा भन्ने हो भने शक्तिको दुरुपयोग गरेर विजयी भएको हो । स्पष्टनै छ गच्छदारलाई कांग्रेसले कत्ति पत्याउँछ भन्ने त ।
उनी एकलै हुन लोकतान्त्रिकबाट कांग्रेसमा समाहित हुने उम्मेदवार मध्येको विजयी नेता । गच्छदारपछि दोस्रो प्रभावशाली नेता रामजनम चौधरी थिए । उनले कैलालीमा कहिल्यै चुनाव हारेका थिएनन् । तर, यस पटक कांग्रेसको मत जोडिँदा समेत उनले जित्न सकेनन् । उनले फोरम लोकतान्त्रिकबाट पनि ०७० सालमा भारी मतले जितेका चौधरी कैलाली ३ मा माओवादीका गौरीशंकर चौधरीसँग पराजित भए । संयोग नै भनौ फोरम लोकतान्त्रिक छाडेर अन्य पार्टीमा गएकाले चुनाव जिते । धनुषा २ बाट चुनाव जितेका उमाशंकर अगरिया पनि फोरम लोकतान्त्रिक छाडेर संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । उनले त्यहाँ वामपन्थी गठबन्धनका रामचन्द्र झालाई झन्डै दोब्बर मतान्तरमा पराजित गरे ।
त्यस्तै फोरम लोकतान्त्रिकको वरिष्ठ उपाध्यक्ष छाडेर माओवादी प्रवेश गरेका रामेश्वर राय यादवले सर्लाही ३ बाट फराकिलो मतान्तरमा चुनाव जिते । वीरगञ्जको मेयर हारेपछि लोकतान्त्रिक फोरम छाडेर संघीय समाजवादी फोरममा प्रवेश गरेका विमलप्रसाद श्रीवास्तवले पनि पर्सा २ बाट चुनाव जिते । यी तत्यको सार हो गच्छदार कांग्रेसमा समाहित हुँदा मधेसी जनताले गच्छदार प्रतिको विश्वास गुमाए । मधेसी राजनीति गर्दै आएको गच्छदार उनको मधेसमानै कमजोर उपस्थितिले कांग्रेसलाई को आयो को गयो भन्ने जस्तो मात्रै भयो । उनले कांग्रेसमा नत नै जमाउन सक्ने भयो नत मधेसमा आफ्नो प्रभाव नै राख्न सके ।
यी दुवै सङ्कटको चपेटामा परेको गच्छदार अझै धेरै पिडामा पुग्ने सङ्केत देखिएको छ । कांग्रेसमा समाहित भएको अधिकांश नेता कार्यकता गच्छदारसँग असन्तुष्ट छन् । काँग्रेसमा समाहित गरेर विचलित बनाएको गच्छदारलाई आरोप लाग्न थालेका छन् । गच्छदारले पार्टी समाहित गराउँदा नेता कार्यकर्तालाई निक्कै ढाडस दिएका तर समाहितपछि बेवास्ता गरेको आरोप नेता कार्यकर्ताले लगाउँन थालेको छन् ।
स्रोतका अनुसार कांग्रेसमा प्रवेश गरेका असन्तुष्ट नेताहरू पुन फोरम लोकतान्त्रिक गठन गर्ने सोचमा पुगिसकेको बताउँछन् । फोरम लोकतान्त्रिकका प्रभावशाली नेता भानुराम थारु, शिबलाल थापा, चन्द्रबहादुर थापा, देव पुरा, भूमि आचार्य, देव लिम्बु, विन्दु यादव, आशा सरदार, जस्मीन मण्डल लगायतका दर्जनौ नेता नै गच्छदारबाट असन्तुष्ट रहेको स्रोत बताउँछन् । कांग्रेसमा समाहित नहुने नेता कार्यकतासँग पुन फोरम लोकतान्त्रिक गठन गर्ने गच्छदार जस्तो क्षेत्रीय राजनीतिमा नखुम्चिने वैकल्पिक राजनीति शक्तिको रुपामा उदाउने गरी पार्टी गठन गर्ने स्रोतको दाबी छ ।
गच्छदारको सारथी मानिने भारतेन्दर मालिकले पनि असन्तुष्ट जनाई सकेको छ । उनले भनेका छन्, समानुपातिक तर्फ अटाए मात्रै कांग्रेसमा रहने नत्र कांग्रेसमा रहनुको औचित्व छैन ।’ उनको यो भनाइबाट पनि स्पष्ट हुन्छ गच्छदार प्रति कति सन्तुष्ट छन् भन्ने । गच्छदारलाई थारु समुपदायको भावना विपरीत कांग्रेससँग एकता गरेको कांग्रेस नेताहरू नै बताउँछन् ।
युवा नेता देव लिम्बुलेत गच्छदारले कांग्रेसमा प्रवेश गर्ने हजारौँ नेता कार्यकताको राजनीति हत्या गरिदिएको आरोप लगाएका छन् । लिम्बु भन्छन्, गच्छदार अत्यान्तै स्वार्थी रहेछन् । हजारौँ नेता कार्यकर्ताको विचलित मात्रै बनाएनन् उनीहरूको राजनीतिक हत्या गरिदिएका छन् । कांग्रेस नाम मात्रको कांग्रेस भयो गच्छदारलाई कुरेर बसिराख्नुको कुनै अर्थ छैन ।’ गच्छदारसँग कांग्रेसमा आएर असन्तुष्ट बनेका नेताहरू र फोरम लोकतान्त्रिकमा रहेको नेताहरूको समूहले पुन फोरम लोकतान्त्रिक गठन गर्ने देखिन्छ ।
गच्छदार कांग्रेसमा समाहित भएपछि सांसद बने पनि निर्णायक हैसियतमा छैनन् । उनले संसदीय दलको नेता बन्ने प्रयास गर्ला सफल हुन सक्तैन । कांग्रेसमा उनले उपसभापति समेत पाउने सम्भावना कम छ । उनलाई कांग्रेसमा समाहित हुँदा चुनावमा हारजितको मात्रै सौदाबाजी भएको छैन । सधैँ सत्तामा केन्द्रि रहने गच्छदारको सत्ता मोह कमजोर बनेको छ । सदाबहार उपप्रधानमन्त्री भैरहने गच्छदार अब ५ वर्षको लागि सत्ताखेल कमजोर मात्रै बनेको छैन ब्रेक लाग्ने सम्भावना पनि देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७