गाडी दुर्घटनामा गम्भिर घाइते बनेका मेजर सिलवालको निधन


७ फाल्गुन २०७६, बुधबार
army 1

सल्यान, ७ फागुन । गाडीको ठक्करबाट गम्भिर घाइते भएका सेनाका मेजर इश्वर सिलवालको उपचारकै क्रममा निधन भएको छ ।

सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते उनको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको हो ।

सिलवाल सेनाको सबुज गणमा कार्यरत् थिए । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु १ ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मेजर सिलवालसहित जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए । अन्यको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७