स्वावियु निर्वाचन गर्न नसक्ने त्रिवि पदाधिकारीले राजिनामा दिनुपर्छ : सुदेश पराजुली

‘राजाको शासनमा समेत भएको स्वावियु निर्वाचन गणतन्त्रमा किन नभएको ?’


७ फाल्गुन २०७६, बुधबार
sudesh parajuli

काठमाडौं, ७ फागुन । अनेरास्वियूका नेता सुदेश पराजुलीले स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई राजिनामा दिनुपर्ने बताएका छन् ।

उनले बुधबार विद्यार्थी युनियनको निर्वाचन स्थगित गर्ने पदाधिकारीलाई त्यो कुर्सीमा बसिरहने नैतिकता नभएको बताउँदै राजिनामा दिनुपर्ने बताएका हुन् ।

उनले राजाको कालो शासन कालमा समेत भएको स्वावियु निर्वाचन लोकतान्त्रिक गणतन्त्रमा नगर्नु असल लोकतान्त्रिक मुल्य मान्यताको धज्जी उडाएको बताए ।

उनले भने, ‘राजाको कालो शासन कालमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । तर लोकतान्त्रिक गणतन्त्रमा त्रिविले स्वावियु निर्वाचन गर्न सकेन् । ’

यस्तै उनले त्रिविले निर्वाचन नगरेर विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने, असल र कुशल नेता र नेतृत्व निमार्ण गर्ने कारखाना बन्द गर्ने कुचेष्ठा गरेको समेत बताएका छन् ।

यसैगरी उनले त्रिविको यस्तो कुरालाई घुमाउरो पाराले मलजल गर्ने ने.बि संघलाई पनि समयले गतिलो झापट हान्ने विश्वास व्यक्त गरे ।

सबै विद्यार्थी संगठन एकमत हुन नसकेको बताउँदै त्रिविले यही फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

त्रिविको कतिपय क्याम्पसहरुमा एक दशकद यता निर्वाचन हुन सकेको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७