सरकारलाई सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिको निर्देशन


८ फाल्गुन २०७६, बिहीबार
lekha samiti

काठमाडौँ, ८ फागुन । संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हाे । 

 सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको पनि सचिव पाण्डेले बताए।

त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ।
 
लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएनन्। उनी विभिन्न कार्यक्रमका लागि कञ्‍चनपुर रहेको बुझिएको छ।

समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था छ। तर मन्त्री बाँस्कोटा भने पूर्वजानकारीबिना नै बैठकमा अनुपस्थित भएका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७