पशुपतिमा चार स्थानबाट दर्शनको व्यवस्था, यी स्थानमा छ सवारी प्रवेश निषेध

भक्तजनको सुरक्षार्थ पाँच हजार सुरक्षाकर्मी र १० हजार स्वयमसेवक


९ फाल्गुन २०७६, शुक्रबार
pashupati teej

काठमाडौं, ९ फागुन । आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीहरुको बाक्लो भीड लागिसकेको छ । हजारौंको संख्यामा हिन्दु धर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुने गर्छ ।

त्यही भएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ । ट्राफिक प्रहरीले विभिन्न १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।
वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
महाशिवरात्रि पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच सय ट्राफिक परिचानल गरी ट्राफिक व्यवस्थापन गर्ने भएको छ । दर्शनार्थी र सवारी आवागमनलाई सरल, सहज बनाउन पशुपति क्षेत्रमा ट्राफिक प्रहरी परिचानल गरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् । महाशाखाले ट्राफिक व्यवस्थापनका लगि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

pt4 lNQ8cE1IG0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुईपांग्रे र साना सवारीसाधनका लागि तिलगंगा र नक्साल कालो पुल हुँदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारीसाधनलाई देव उद्यानस्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ ।

यस्तै, पासबाहेकका सवारीसाधन, सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त गौशाला तथा बागमती कोरिडोर, जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारीसाधनलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायत स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाइ वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

बिहान चार बजेबाट दर्शन सुरु
दर्शनार्थीहरूले बिहान चार बजेबाटै पशुपतिमा दर्शन गर्न पाउने व्यवस्था कोषले मिलाएको छ । पशुपति दर्शन गर्न चाहनेका लागि मित्रपार्क, जयबागेश्वरी, गौशाला तथा तिलगंगा गरी चारतिरबाट लाइन व्यवस्थापन गएिको छ ।

लाइन बसेकै स्थाननजिक जुत्ता चप्पल कक्ष स्थापना गरिएको कोषको भनाइ छ । दर्शनपछि चन्दन लिन चाहने भक्तले दर्शन सकेर बाहिर निस्कने स्थाननजिक कोर क्षेत्रभित्र सानो सदार्व सत्तलमा व्यवस्था गरेको छ । उमाकुण्ड, मित्रपार्क, तिलगंगा र गौशालाबाट पनि चन्दन वितरण गरिने कोषको भनाइ छ ।

pa

२० लाख भक्तजनले पशुपति दर्शन गन
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरेको छ । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नेपाल भ्रमण वर्ष २०२० को रूपमा पनि यस वर्ष देश–विदेशमा प्रचार भएकाले दर्शनार्थी बढ्ने बताएका छन् ।

कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवालगायतको व्यवस्था गरिएको जनाएको छ । यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घण्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए ।

कोषका अनुसार आगन्तुक र दर्शनार्थीहरूको सुरक्षाका लागि लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्रहरी परिचालन भएका छन् । उनीहरूलाई १० हजार स्वयंसेवकले सघाउने छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७