सुन अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको ?


९ फाल्गुन २०७६, शुक्रबार
gold 2

काठमाडौं, ९ फागुन । नेपाली बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । बजारमा सुन अहिलेसम्मकै महङ्गो भएको छ ।

फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७८ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो अहिलेसम्मकै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको महासंघले जनाएको छ ।
चीनबाट शुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् । माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा भाउ बढेसँगै माग घट्दै गएको छ । अहिले दैनिक १०–१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अहिले बजारमा सुन किन्ने ग्राहक नै छैनन् भन्दा पनि हुने अवस्था रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७