आज पनि डा. केसी हिरासतमै राखिने


प्रकाशित मिति : January 9, 2018

काठमाडौं: डा गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा मंलबार पनि बहस हुन नसकेपछि डा. केसी प्रहरी हिरासतमा रहनेछ ।

डा. केसीको बयान सकिएको छ । र, बहस भोलिलाई सारिएको छ । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिएका छन् । सर्वोच्चको आदेशपछि सोमबार राति अनस्थलबाटै पक्राउ परेका डा. केसीलाई विहानै अदालत लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्