मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिंदै


११ फाल्गुन २०७६, आईतवार
Drone

कपिलवस्तु, ११ फागुन । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्रुयाई दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ ।

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याइएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए ।

‘हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौं, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौं’, उनले भने, ‘यसले किसानलाई धेरै सहजता ल्याउँछ ।’ ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्‍याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ । एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७