मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा राजिनामा


१२ फाल्गुन २०७६, सोमबार
mathir

काठमाठडौं, १२ फागुन : मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । मलेसियाका प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार मोहम्मदले राजासमक्ष राजीनामा दिएका हुन् ।

९४ वर्षीय प्रधानमन्त्री मोहम्मद सन् २०१८ को मेमा मलेसियाको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका थिए । एक हप्ता लामो राजनीतिक खिचातानीपछि आइतबार राति महाथिरले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् । उनको राजिनामापछि उत्तराधिकारीको रुपमा हेरिएका अनवर इब्राहिम बिना नयाँ सरकार बनाउने तयारी गरिरहेको समाचार आएको थियो ।

महाथिर र ७२ वर्षीय अनवरबीच लामो समयदेखि राजनीतिक द्वन्द्व चलिरहेको थियो । तर, सन् २०१८ को निर्वाचनअघि अनवर र महाथिर एक भएर ६ दशकदेखि सत्तामा रहेको युएमएनओको बोलबाला रहेको बारिसान नेसनल गठबन्धलाई हराएका थिए । यो अनपेक्षित हारसँगै तत्कालिन प्रधानमन्त्री नाजिब रजाक सत्ताच्युत भएका थिए ।

तर, अनवरलाई सत्ता हस्तान्तरणको लागि निश्चित समयतालिका बनाउन महाथिरले आनाकानी गरेपछि पाकातान हारापान गठबन्धनमा फुट देखिएको थियो । अनवर सन् १९८१ देखि २००३ सम्म महाथिर प्रधानमन्त्री हुँदा उप–प्रधानमन्त्री थिए । सन् १९९८ मा महाथिरले उनलाई बर्खास्त गरेका थिए ।

लगत्तै अनवरलाई अनैतिक यौनगतिविधि गरेको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको थियो । साथै महाथिरको पार्टी बर्साटु सत्तारुढ गठबन्धन पाकतान हरपनबाट पनि अलग भएको अनतर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७