इतिहास उल्टो पढाइएको रहेछ….


१४ फाल्गुन २०७६, बुधबार
Pashupati theft

काठमाडौं, १४ फागुन । यसपालिको शिवरात्रि पशुपतिका बाँदरहरूका लागि विशेष दिन भयो । भनिन्छ, बाँदर नै मानिसको पुख्र्यौली हो । अर्थात् बाँदरबाट विकसित हुँदै आजको मानिस बनेको हो ।

तर, शिवरात्रिका दिन पशुपतिमा मानिसले जे कृत्य प्रस्तुत गरे, त्यो देखेर शायद बाँदरहरूले ठाने होलान्– साला, हामी बाँदर जाति पो त मानिसको पुख्र्यौलीबाट विकसित हुँदै यो अवस्थामा आइपुग्या रहेछौँ ! इतिहासै उल्टो पढाइएको रहेछ ।

शिवरात्रिमा पशुपतिलाई सजिसजाउ गर्न फूलै फूल र फलै फलको कलात्मक प्रदर्शन गरिएको रहेछ । तर, अन्त्यमा भइदियो के त भन्दा मेला नै सकिएको छैन ती सुन्दर सजावट जम्मै सकिदियो । कसैले फूल लगे, कसैले फल । अन्त्यमा भक्तजनबीच लुटालुट पनि भयो ।

सुन्दर सजावटका फूलहरूलाई बाँदरबाट बचाइए पनि मान्छेबाट चाहिँ जोगाउन सकिएन । मान्छे नै जब बाँदरभन्दा खतरनाक भइदिन्छ भने कसको के लाग्छ ? मान्छेले फूल लुट्न त्यहाँ देखाएको शक्ति प्रदर्शनले विश्वको मानव विकास क्रमको शृंखलालाई नै गडबड तुल्याई दिएको देखियो । मान्छेले पनि पायो भनेचाहिँ बाँदरलाई माथ गर्न सक्दो रहेछ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७