कोभिड–१९ ले लियो २८ सयको ज्यान, चीनबाट शुरु भएको कोरोना ४८ देशमा फैलियो

८२ हजार १६६ संक्रमित, ३२ हजार उपचारपछि घर फिर्ता


१५ फाल्गुन २०७६, बिहीबार
korona 13

बेइजिङ, १५ फागुन । चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसबाट हालसम्म विश्वका विभिन्न देशका दुई हजार ८०४ जनाको ज्यान लिइसकेको छ । यस्तै कोरोना भाइरसबाट ८२ हजार १६६ मानिस संक्रमित भइसकेका छन् ।

चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका ४८ देशमा फैलिइसकेको छ । अहिलेसम्म चीनमा दुई हजार ७४७ जनाको ज्यान गएको छ । यसैबीच अहिलेसम्म चीनमा मात्रै ३२ हजार ५०७ जना र चीन बाहिर ३१० जना कोरोना संक्र्रमित उपचारपछि घर फर्किएका छन् ।

चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।

चीनमा गएको २४ घण्टामा थप ३२ जनाको ज्यान गएको छ भने ४३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै दक्षिण कोरियामा थप एक जनाको ज्यान गएको र ३३४ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७