ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन


२६ पुष २०७४, बुधबार
prachanda and oli

काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् ।

KP Oli Prachanda
बुधबार एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिएका छन् ।
प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उनले जानकारी दिए। छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७