योगेश भट्टराईको चुनावी खर्च १७ लाख


२६ पुष २०७४, बुधबार
Yogesh Bhattarai 5

काठमाडौं: ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा प्रतक्षतर्फ निर्वाचन जितेका एमाले सचिव योगेश भट्टराईले चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा बुझाए अनुसार भट्टराईका तर्फबाट उनका प्रतिनिधि चित्रगुप्त साँवाले बुझाएको विवरण अनुसार १७ लाख १७ हजार खर्च भएको देखाइएको छ ।

Yogesh Bhattarai 5

भट्टराईको कार्यकर्ता परिचालनमा सबैभन्दा बढी ६ लाख ५० हजार खर्च भएको छ भने कार्यालय सञ्चालनमा ३ लाख ५० हजार खर्च भएको छ । भट्टराईले सवारी साधन प्रयोगमा ३ लाख खर्च गरेका छन् । भने, ७५ हजारको इन्धन प्रयोग गरेका छन् । प्रतिनिधि परिचालनमा १ लाख ४० हजार खर्च गरेका उनले ७० हजारको प्रचार सामग्री ढुवानी गर्न ५० हजार लागेको उल्लेख गरिएको छ । विविध खर्चमा ९० हजार खर्च गरेका छन् ।
भट्टराईका प्रतिस्पर्धी केशवप्रसाद दाहालले १५ लाख ९३ हजार रुपैयाँको खर्च विवरण पेस गरेका छन् । उनले सवारी साधन प्रयोगमा २ लाख ५० हजार, कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, कार्यालय सञ्चालनमा ३ लाख ५० हजार, प्रतिनिधि परिचालनमा १ लाख १५ हजार प्रचार सामग्रीमा ९५ हजार, ढुवानीमा २० हजार र सञ्चार माध्यममा ६० हजार खर्च भएको जनाएका छन् । नामावली खरिदमा भट्टराईले २५ सय खर्चगर्दा दाहालले ३ हजार खर्च विवरण बुझाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७