प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार


१८ फाल्गुन २०७६, आईतवार
prachanda

काठमाडौं १८ फागुन: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर, जुत्ता मञ्चसम्म आइपुगेन ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा सम्वोधन गरिसकेपछि अध्यक्ष प्रचण्डलाई ताकेर जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् । तिरुवालाई अहिले नियन्त्रणमा लिई सिंहदरबार वृत्तमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७