इम्बोस्ड नम्बर प्लेटमा राज्य कोष लुट्ने प्रपञ्च : कामै नगरी पाँच अर्ब रुपैंयाँ भुक्तानी


२१ फाल्गुन २०७६, बुधबार
embost

काठमाडौं, २१ फागुन । सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैंयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको छ ।

सन २०१६ मा यातायात ब्यवस्था विभाग र बंगलादेशी कम्पनी डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटबीच २५ लाख सवारीसाधनका लागि इम्बोस्ट नम्बर प्लेट आपूर्ति गर्ने ठेक्का सम्झौता भएको थियो ।

सम्झौताको बुँदा नम्बर १५.१ मा सरकारी पक्षको कमजोरीका कारण तोकिएको समयमै काम हुन नसके पनि इम्बोस्ट नम्बर प्लेट उपलब्ध गराउने कम्पनीलाई ठेक्का रकमको ९५ प्रतिशत भुक्तानी दिनुपर्ने सर्त राखिएको छ ।

सम्झौता सकिन एक बर्ष बाँकी छ । अहिलेसम्म एक प्रतिशत पनि काम भएको छैन । बाँकी एक बर्षमा २० प्रतिशत पनि काम हुने संभावना छैन ।

यही प्रावधानका कारण तोकिएको समयभित्र काम सम्पन्न नभए पनि आपूर्तिकर्ता कम्पनीलाई करिब पाँच अर्ब रुपैंयाँ सरकारले बुझाउनुपर्ने अवस्था देखिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७