रामपुरका ‘मनकारी’ मेयर : तलब भत्ता लगाए सामाजिक काममा


२४ फाल्गुन २०७६, शनिबार
meyar

पाल्पा, २४ फागुन । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलब भत्ता सामाजिक क्षेत्रमा खर्चिएका छन् ।

नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलब भत्ता रु नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताए ।

‘आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हुँ’, नगर प्रमुख थापाले भने ।

जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिङ्गो विकासमा लागेको उनले बताए । नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आएका छन् । उनले सामाजिक सङ्घ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गरेका छन् ।

रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दू धर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७