अंक कम ल्याएको भन्दै विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने शिक्षिकाको गयाे जागिर


२४ फाल्गुन २०७६, शनिबार
student yatana2020 03 07 07 09 51

काठमाडौं, २४ फागुन । परीक्षामा कम नम्बर ल्याएको भन्दै ३४ विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षकाको जागिर ‘चट’ भएको छ ।

जागृति एकेडेमी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा–६ का ३४ विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै हात चिर्न लगाएर सजाय दिएकी थिइन् ।

विद्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक शिक्षिका कर्माचार्यले शारीरिक दण्ड दिएको विद्यार्थी तथा अभिभावकबाट गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले शुक्रबारबाट लागू हुने गरी शिक्षक पदबाट अवकास गरेको जनाएको छ ।

परीक्षामै कम नम्बर ल्याउने विद्यार्थीको हात चिर्ने धम्की दिएकी उनले २० पूर्णांकमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीलाई शिक्षिका कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । क्लास टेस्टमा कम नम्बर ल्याउने विद्यार्थीैलाई उनले बिहीबार हात चिर्न लगाएकी थिइन् ।

विद्यालयका प्राध्यानाध्यक राजनकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा यसखाले क्रियाकलापलाई निरुत्साहित पार्दै शिक्षक–शिक्षिकाबाट दण्डरहित शिक्षणको व्यवस्था गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७