३१ वर्ष जेठी प्रतिष्पर्धीलाई हराउँदै ११ वर्षीया बालिका ओलम्पिकमा छनौंट


२५ फाल्गुन २०७६, आईतवार
balika

काठमाडौं, २५ फागुन । खेलका लागि उमेर मात्र होइन कौशल पनि चाहिन्छ । यहि कुरा प्रमाणित गर्दै सिरियाकी ११ वर्षीया टेबल टेनिस खेलाडी हेन जाजा ओलम्पिक २०२० छनोट भएकी छन् ।

उनी टोकियो ओलम्पिककी कान्छी खेलाडी त बन्ने छिन् नै इतिहासकै कान्छी ओलम्पियनमध्ये एक पनि हुने छिन् ।

सिरियाका हेन जाजा गत साता जोर्डनको अम्मानमा भएको पश्चिम एसियाली ओलम्पिक छनोटमा लेबनानकी ४२ वर्षीया मरियाना साहाकियनलाई हराएकी थिइन् ।

‘हाम्री नायिका हेन जाजालाई बधाई !’ सिरियन ओलम्पिक कमिटीले फेसबुकमा लेखेको छ । ओलम्पिकमा टेबल टेनिसमा उमेरहद छैन । अन्तर्राष्ट्रिय टेबल टेनिस संघका अनुसार जाजा अहिले १५५औं स्थानमा छिन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७