अस्ट्रेलियाले जित्यो पाँचौ पल्ट महिला टी–२० विश्वकपको उपाधि


२५ फाल्गुन २०७६, आईतवार
AUSw

काठमाण्डौं, २५ फागुन । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलो पटक फाइनल खेलेको भारतलाई अस्ट्रेलियाले ८५ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको सम्मानजनक योगफल बनायो । अस्ट्रेलियाका लागि एलिसा हिलेले ३९ बलमा ७५ रनको विस्फोटक पारी खेलिन् । उनी महिला टी–२० मा अस्ट्रेलियाका लागि दुई हजार रन बनाउन पनि सफल भइन् ।

त्यस्तै बेथ मुनीले अविजित ७८ रन बनाइन् । बलिङतर्फ भारतका लागि दिप्ती शर्माले दुई तथा पुनम यादवले एक विकेट लिइन् ।

एक सय ८५ रनको लक्ष्य पाएर ब्याटिङ गर्न उत्रिएको भारतीय महिला टिम ९९ रनमै अलआउट भयो । भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ अस्ट्रेलियाका लागि मेगन शुटले चार विकेट लिइन् भने जेस जोनासेनले तीन विकेट लिइन् ।

अस्ट्रेलियाली महिला टिमले पाचौँ पटक टी–२० विश्वकपको उपाधि जितेको हो ।  महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो ।  अस्ट्रेलियाले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७