आठ वर्षीया बालिकाद्वारा मोदीले दिएको सम्मान अस्वीकार, भनिन्, ‘म तपाईको पक्षमा छैन’


२६ फाल्गुन २०७६, सोमबार
balika 1

नयाँदिल्ली, २६ फागुन । बालबालिका आफ्नो विद्यालयले दिएको सानो पुरस्कार र सम्मानबाट नै फुरुङ्ग हुन्छन् । अझै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट कुनै बालबालिकाले सम्मान पाउनु सानोतिनो कुरा होइन ।

तर, एक आठ वर्षीया बालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान नै अस्वीकार मात्र गरेकी छैनन्, सोंच्न वाध्य बनाउने प्रतिक्रिया समेत दिएकी छन् ।

भारतमा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित ८ वर्षीया बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकी हुन् ।

भारतको पूर्वोत्तर राज्य मणिपुरकी लिसिप्रिया कन्गुजमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरेन्द्र मोदीले ट्वीटरमार्फत दिएको सम्मान अस्वीकार गरेकी हुन् । सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार पाएकी कन्गुजम पर्यावरणसम्बन्धी मुद्दामा निकै सक्रिय छिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अववसरमा भारतले सरकारले विभिन्न क्षेत्रमा क्रियाशील महिलाको नामै उल्लेख गरेर सम्मान प्रकट गर्ने क्रममा कन्गुजमको नाम पनि उल्लेख गरेको थियो । त्यसमा प्रतिक्रिया दिंदै कन्गुजमले यस्तो लेखेकी छन्, ‘प्रिय नरेन्द्र मोदीजी, यदि तपाईं मेरो आवाज सुन्नु हुन्न भने कृपया मलाई बधाई नदिनुहोस् । प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नु भएकोमा धन्यवाद । कैयौं पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरें ।’

उनले अगाडि लेखेकी छन, ‘प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन । यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस् । मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनका रूपमा उपयोग नगर्नुहोस् । म तपाईंका पक्षमा छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७