ट्युनिसियामा सरकारविरुच चर्किदै आन्दोलन, दुई सय जनामाथि धरपकड


२७ पुष २०७४, बिहीबार
tu

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २ सय जना पक्राउ परेका छन् । आन्दोलनमा दमन हुँदा दर्जनौं व्यक्ति घाइते भएका छन् ।tu

देशभरका विभिन्न ठाँउमा भएका प्रदर्शनहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीहरू झनभन्दा झन आक्रोशित र कठोर हुँदै गएको पाइएको विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । गत सन् २०११ देखि अपेक्षाकृत तरिकाले लोकतान्त्रिक रूपान्तरण भइरहेको छ । तर, आर्थिक रूपान्तरण भने पर्याप्त हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता खालिफा चिबानीले स्थानीय रेडियोलाई दिएको जानकारी अनुसार झडपका क्रममा ४९ जना प्रहरी अधिकारी घाइते भएका छन् भने देशभरीबाट २०६ जना आन्दोलनकारी पक्राउ परेका छन् । उनले ठूलो मात्रा स्रोत साधनको क्षति भएको पनि बताएका छन् । युवा प्रदर्शनकारीहरूले पसलहरूमा ढुङ्गा प्रहार गरेको र उनीहरूलाई तितर–वितर पार्न प्रहरीले केही राउण्ड टियर ग्याँस समेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७