७५ लाखको चेक बाउन्सपछि फरार काठमाडौं भ्यू टावरका सञ्चालक भेटवाल पक्राउ


२७ फाल्गुन २०७६, मंगलवार
manoj vetuwal

काठमाडौं, २७ फागुन । प्रहरीले काठमाडौंस्थित ‘काठमाडौं भ्यू टावर’ का सञ्चालक मनोज भेटवाललाई पक्राउ गरेको छ ।

काठमाडौं पुरानो बसपार्कस्थित २९ तलाको बहुउद्देश्यीय भ्यू टावर बनाउने ठेक्का पाएका मनोज भेटवाल ७५ लाख १० हजार रुपैयाँ बराबरको बैकिंङ कसुर मुद्दामा पक्राउ परेका छन् ।

जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससका सञ्चालक भेटवालले दिएको कम्पनीको ७५ लाख १० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीबिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो ।

परिसरले २८ माघमा उनीबिरुद्ध पक्राउसहित खोजी तीब पारेको थियो । परिसरमा मंगलबार आफै उपस्थित भएका भेटवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । भेटवालको खोजी शुरु भएपछि उनी भागेर भारतमा लुक्दै आएको पाइएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताएका छन् । उनलाई हिरासतमा लिएर थप अनुसन्धान हुने बोगटीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७