हलिउड अभिनेता टम हंक्सलाई कोरोना संक्रमण


२९ फाल्गुन २०७६, बिहीबार
20200312114940 256454

काठमाडौं, २९ फागुन । हलिउड अभिनेता एवं निर्माता टम हंक्सलाई कोरोना भाइरसको संक्रमण भएको छ।

बिहीबार उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई कोरोना भाइरस संक्रमण भएको जनाएका छन्। उनकी पत्नी एवं बलिउड अभिनेत्री रिता विल्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।

टम दम्पत्ती अस्ट्रेलिया भ्रमणमा छन्। फिल्मको प्रि-प्रोडक्सनको कामले उनीहरू अस्ट्रेलिया गएका थिए। त्यहि रहेका वेला कोरोना भाइरसको संक्रमण भएको जनाएको छ।

चिकित्सले जाँच गरेको र त्यसमा कोरोना भाइरसको संक्रमण देखिएको उनले जनाएका छन्। अहिले चिकित्सकै निगरानीमा आइसोलेसनमा बसिरहेको टमले बताएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७