अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण


३० फाल्गुन २०७६, शुक्रबार
Home miniser of australia

काठमाडौं, ३० फागुन :  अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । डट्टनले एक विज्ञप्तिमार्फत आफूलाई कोभिड(१९ को संक्रमण भएको पुष्टि गरेका हुन् ।

डट्टन गत मंगलबार सिड्नीमा आयोजना गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सोही दिन व्यावसायिक विमानबाट क्विन्स्ल्यान्ड फर्किएका थिए।

मन्त्री डट्टनले बिहान उठ्दा शरीर तातेको र घाँटी खराब भएको पाएपछि तत्काल क्विन्स्ल्याण्डको स्वास्थ्य विभागमा सम्पर्क गरेर कोभिड १९ परीक्षण गराएको र साँझ परीक्षण पोजिटिभ आएको जनाएका छन् । भाइरस परीक्षण पोजिटिभ आएकाहरुले अस्पताल बस्नुपर्ने क्विन्सल्याण्ड स्वास्थ्य विभागको नीति भएकाले आफूले त्यसैअनुसार गरेको पनि उनले जनाएका छन्।

डट्टन कोरोना भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका पहिलो राजनीतिज्ञ हुन्। अस्ट्रेलियामा अहिलेसम्म १५७ जना यस भाइरसबाट संक्रमित भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७